Aamsanchar

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

Author Image
आइतवार, भदौ २९, २०८२

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दैछिन्। कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ। कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। त्यसै दिन पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि कार्यक्रम रोकिएको थियो।

पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पनि क्षति पुगेकोले कार्की निजी निवासमा बसिरहेकी छिन्।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर