Aamsanchar

प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

Author Image
आइतवार, भदौ २९, २०८२

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। आइतबार लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री कार्कीले शहीदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

 

प्रधानमन्त्री भएपछि लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परालाई उनले निरन्तरता दिएकी हुन्। शहीदको सालिकमा माल्यार्पणपछि आइतबार नै सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी थिइन् ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर