Aamsanchar

७३० राउण्ड गोलीसहित ७ जना पक्राउ

Author Image
आइतवार, भदौ २९, २०८२

काभ्रे -: बनेपाबाट ७३० राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बनेपामा खटिएको प्रहरी टोलीले ७३० राउण्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको हो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय बनेपामा आगजनी गरी गोली लुटेर लगेका थिए।

 

पक्राउ पर्नेमा काभ्रेका ३४ वर्षीय अच्युत खड्का, २६ वर्षीय सिजन सुवाल , २८ वर्षीय सुवास गौतम र २१ वर्षीय तिमाथी तामाङ रहेका छन्। यसैगरी बाराका २० वर्षीय २० वर्षीय इसाक भन्ने महेश मुखिया,मकवानपुरका २४ वर्षीय सुशान्त लो र रामेछापका २३ वर्षीय प्रविन कार्की पक्राउ परेको जिल्ला प्रहरीले कार्भेले जनाएको छ।

Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर