Aamsanchar

असोज १ गते शोक बिदा दिने निर्णय

Author Image
सोमवार, भदौ ३०, २०८२

काठमाडौं – सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको शोकमा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् विस्तारपछि बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरी १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको बताए।

जेनजी आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरी राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको पनि मन्त्री अर्यालले जानकारी दिए।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर