Aamsanchar

पञ्चरत्नका विद्यार्थीहरूको लागि प्रशोधित पिउने पानी परियोजना हस्तान्तरण

Author Image
सोमवार, भदौ ३०, २०८२

बिर्तामोड। लायन्स क्लब अफ बिर्तामोडको संयोजनमा दाता भवानीशंकर मिण्डाले दिवंगत धर्मपत्नी सन्तोषदेवी मिण्डाको पुण्यतिथिको अवसरमा बिर्तामोड–२ को श्री पञ्चरत्न माध्यमिक विद्यालय, चैतुबारी मा प्रशोधित पिउने पानी परियोजना हस्तान्तरण गरेका छन्।

आज विहान मेसिन पूजा–अर्चना पश्चात ११ बजे आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, विशिष्ट अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ सी का डिस्ट्रिक्ट गभर्नर बबरजंग थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्म लाक्साबाको अध्यक्षतामा परियोजना हस्तान्तरण गरिएको हो।

समारोहमा मेसिन सञ्चालन, शिलालेख अनावरण र दाताप्रति सम्मानसमेत गरिएको थियो। कार्यक्रममा लायन्सका उच्च पदाधिकारी, क्लबका अध्यक्ष निकेश गट्टानी, विद्यालयका पदाधिकारी, स्थानीय, संघ–संस्थाका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको जनाइएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर