देश जलिरहेछ
पशुपती घाटमा लाश जलिरहेछ

जलेपछी धुवा
वायुमन्डलमा फैलिरहेछ

जलेको धुवा
चाहे त्यो भवनको होस
चाहे त्यो लाशको होस

त्यो धुवाको
गन्ध नाकलाइ मन परेन
हामी निस्सासियौं
हामी छटपट्टायौं
र
विक्षिप्त भयौ विहोस भयौं
धुवाले
हाम्रो आखाबाट आशु आइरहेछ१
आशुले आखामा पर्दा लाग्यो
र हेर्न हामीले सकेनौ
ति विभत्स दृष्यहरु
जलाउदै गर्दा
ति हातहरु किन कामेनन
साना साना वालकलाइ मार्दै गर्दा
त्याहा
आफ्ना छोरा छोरी किन सम्झेनन।
Views: 268

