Aamsanchar

साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रकम देशभित्र पठाए

Author Image
मङ्गलवार, भदौ ३१, २०८२

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा रहेका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेर एक अर्ब २७ करोड डलर पुगेको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४ हजार चार सय ६६ र पुनःश्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ रहेको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर