

धादिङ – पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको हो।

दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्ये एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागि लग्ने तयारी भई रहेको र अन्य घाइतेहरू खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

Views: 280

