Aamsanchar

कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने

Author Image
बुधवार, असोज १, २०८२

काठमाडौं – लामो दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच भएको छलफलपछि यो निर्णय भएको हो।

लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री बाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रुपमा राखी आलो पालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउने र सो को अनुगमन सम्बन्धित निकायले गर्नुपर्ने छ।

यस्तै,१८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा लगाउन पाइने छैन। यात्रु समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने र सवारी चालकले यात्रुलाई खाना खाना खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्नेरगराउनुपर्ने निर्णय भएको छ।

Views: 70

प्रतिक्रिया (०)