Aamsanchar

बिना बिल बीजकको सुनचाँदी खरिद गरे कारबाही हुने प्रहरीको चेतावनी

Author Image
बुधवार, असोज १, २०८२

काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचाँदी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो।

प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी पसललाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

‘मिति २०८२/०५/२३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू लगायत व्यक्तिगत घररभवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरी लगेको विवरणहरू प्राप्त भइरहेकोले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाइएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तिमा उल्लेख छ।

यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन प्रहरीले आग्रह गरेको छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर