Aamsanchar

झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

Author Image
बिहिवार, असोज २, २०८२

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए ।

जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो । पछि थप इन्फेक्सन भएपछि उनको हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

 

Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर