Aamsanchar

धरान उपमहानगरले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने

Author Image
बिहिवार, असोज २, २०८२

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो ।

मेयर हर्क साम्पाङले परिवारको सदस्यको नाममा पाँच लाख रुपैयाँ बचत राखिदिने प्रस्ताव पारित भएको जानकारी दिए । धरानका साजन मेवाहांग राईको जेनजी आन्दोलनमा मृत्यु भएको थियो ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर