

रौतहट – रौतहटको बागमति नदीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ। राजदेवी गरपालिका- ४ गडहियाटोलस्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको एक अधबैसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।


शुक्रबार बिहान ९ बजेको समयमा अन्दाजी ४० वर्षीय पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थलमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा पुर्याएको छ।

Views: 37

