Aamsanchar

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष

Author Image
शनिवार, असोज ४, २०८२

काठमाडौं – जेनजी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको अगुवाइमा नेपाल इन्जिनियर्स एसोसिएसनसहितका प्रतिनिधिहरुले गरेको प्रारम्भिक अध्ययनबाट स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न जोखिम रहेको निष्कर्ष निकालिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालयको भवनका वालहरुमा धेरै क्षति नपुगे पनि स्ल्याबमा धेरै क्षति पुगेको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवन अध्ययन गर्दा लोडबियरिङमा, वालहरुमा त्यति धेरै क्षति नभए पनि स्ल्याबहरु टोटली क्षति भएको अवस्था छ । जसले गर्दा हाललाई यसलाई प्रयोग गर्न अत्यन्त जोखिम छ ।’

नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट)को हिसाबले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनलाई विश्वकै नमूना मानिन्छ । संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनाइएको यो भवनमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल रहेको प्राविधिकहरु बताउँछन् ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर