Aamsanchar

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

Author Image
शनिवार, असोज ४, २०८२

गाजा । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विद्यार्थी विपिन जोशीको समेत तस्वीर समावेश छ। हमासले इजरायली स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन जोखिममा परेको चेतावनी दिएको छ।

अल जजिराका अनुसार, यो कदम इजरायली सेनाले गाजा सिटी कब्जा गर्ने अभियान तीव्र बनाएको बेला आएको हो। तस्वीरमा जीवित र मृत दुवै बन्दी देखाइएको र तिनीहरूलाई ‘रोन अराड’ भनेर सम्बोधन गरिएको छ।

यसबीच, इजरायली अधिकारीहरूले गाजामा करिब २० बन्दी जीवित रहेको दाबी गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै कम हुने अनुमान गरेका छन्। बन्दी परिवारहरू, इस्रायली जनतासहित अन्तर्राष्ट्रिय समुदायमा यसले तीव्र आक्रोश उत्पन्न गरेको छ।

Views: 1618

प्रतिक्रिया (०)

सम्बन्धित खबर