

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।


यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Views: 303

