Aamsanchar

दलित तथा विपन्नको घर-घरमा खानेपानीका लागि निःशुल्क धारा

Author Image
आइतवार, असोज ५, २०८२

सिरहा – सिरहाको लहान नगरपालिकामा ४ सय दलित तथा विपन्नको घर-घरमा खानेपानीका लागि निःशुल्क धारा जडान सुरु भएको छ।

 

पहिलो चरणमा ५५ जनाको घरमा धारा जडान भइसकेको छ। दोस्रो चरणको पनि काम सुरु रहेको नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी गराए। ४ धारामा २४० जना दलित र १६० जना विपन्नको घरमा जडान हुने उनले बताए।

अहिले १, १०, ७, २४ र १७ वडामा धारा निःशुल्क जडान भइरहेको प्रमुख चौधरीले सुनाए। गतवर्ष पनि ३ सय दलित परिवारलाई निःशुल्क धारा जडान गराएको थियो।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर