Aamsanchar

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायो

Author Image
सोमवार, असोज ६, २०८२

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख १७ हजार ८०० कायम भएको छ।

 

अघिल्लो दिन आइतबार एक तोला सुन २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार एक तोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।

 

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर