Aamsanchar

पेमाको जीवन रक्षा गर्न सहयोग अभियान : मुख क्यान्सरविरुद्धको संघर्षमा तपाईंको साथ आवश्यक

Author Image
सोमवार, असोज ६, २०८२

बिर्तामोड । तेह्रथुम आठराई गाउँपालिका–२, खम्लालुङ भोटेखानीकी पेमा खाङडु शेर्पा यतिबेला बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको शैयामा जीवन–मरणको संघर्ष गरिरहेकी छन् । मुखको क्यान्सरले पीडित भए पनि उनी अपार आत्मबलका साथ रोगसँग जुझिरहेकी छन् । चिकित्सकहरूको भनाइमा, “उपचार सम्भव छ, आत्मबल बलियो छ, अब चाहिएको भनेको उपचार खर्च मात्र हो।”

तर समस्या यहीँ छ — पेमाको उपचारमा करिब १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जुन रकम उनको परिवारका लागि असम्भव बराबर हो ।

यो अवस्थालाई बुझेर झापा बिर्तामोड–२ चारपानेकी गोमा निरौला चोङवाङले उपचार खर्च जुटाउन अभियान थालेकी छन् । अभियानकै क्रममा हालसम्म खाम्लालुङ सेवा समिति हङकङका अध्यक्ष श्रीप्रसाद पाहिम र सदस्य शान्तसागर फोम्बोको पहलमा करिब २ लाख रुपैयाँ संकलन भई पेमालाई हस्तान्तरण भइसकेको छ । साथै विभिन्न देशमा रहेका नेपाली, गाउँ–समाज तथा संघसंस्थाबाट पनि सहयोग जुट्दै गएको छ ।

तर अझै ठूलो रकम आवश्यक छ । अभियन्ता गोमा निरौलाले भनिन्, “पेमाको जीवन बचाउन हाम्रै सहयोग ठूलो आधार बन्न सक्छ । उपचार सम्भव छ तर खर्च ठूलो भएकाले सबै मनकारी दाजुभाइ–दिदीबहिनीहरूको हात फैलिनु जरुरी छ ।”

सहयोग गर्न इच्छुक व्यक्तिहरूले सम्पर्क नम्बर ९८४३५३४८८७ वा क्युआर कोडमार्फत रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।

पेमाको जीवन रक्षा गर्न तपाईंको सानो सहयोग पनि उनको लागि ठूलो आशा बन्न सक्छ ।

Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर