

हुम्ला –चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न पुगेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीया दक्षा रोहित कुमार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार अक्सिजन अभावले उनको चीनस्थित तार्चिनमा मृत्यु भएको हो ।

मृतकको शव सोमबार कैलाश एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।
Views: 82


