

काठमाडौँ – नवनियुक्त शिक्षामन्त्री महावीर पुनले किताब बेच्दाबेच्दै मन्त्री बनाइदिएको भनेर रमाइलो जवाफ दिएका छन्।

मन्त्री भएपछि पत्रकारले सोधेको जिज्ञासामा उनले यस्तो जवाफ दिएका हुन्। उनले अब शिक्षा र प्रविधि क्षेत्रको विकासका लागि मन्त्रालयमै ओछ्याएर लगाएर सुत्ने र काम गर्ने पनि प्रतिक्रिया दिएका छन्।

उनले भने, ´मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र ओच्छ्यान लगाएर सुत्छु र खुरुखुरु काम गर्छु।’

पत्रकारले उनलाई मन्त्री भएपछि केके काम गर्नुहुन्छ भनेर सोधेपछि उनले ठट्यौली पारामा उक्त जवाफ दिएका हुन्।
पुनले थपे, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तोयस्तो गर्छु भन्ने थिएँ। अपर्झट मन्त्री भइएको छ। प्लान बनाएर आएको भए पो त, राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो। किताब बेच्दाबेच्दै यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस् भनेर कसरी भन्ने।’
सबैभन्दा पहिलो काम के गर्नुहुन्छ?भन्ने प्रश्नमा उनले मन्त्रालय पुग्छु भने ।
तपाईं शिक्षामन्त्री भएपछि सबैले निःशुल्क शिक्षा पाउँछन्रु भन्ने अर्को प्रश्नमा पुनले भने, ‘म भगवान हो र निःशुल्क शिक्षा दिनरु केही न केही होला, गरम्ला। अहिले कसरी भन्ने?पत्रकारले आजै मलाई नपेल्नु न हो।’

