Aamsanchar

सुनको मूल्य २ लाख २१ हजार ७०० पुग्यो

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकै दिन तोलामा ३ हजार ९०० रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२