Aamsanchar

एसइई पुनर्योग नतिजामा पनि चित्त नबुझे पुनस् परीक्षण गर्न पाइने

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा(एसइई)मा पुनर्योग गरेका र पुनर्योगको नतिजामासमेत चित्त नबुझे पुनस् परीक्षार्थीहरुले उत्तरपुस्तिका परीक्षण गर्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले सूचना जारी गर्दै पुनस् परीक्षण गर्न पाउने जनाएको हो।

बोर्डका अनुसार उत्तरपुस्तिका पुनःपरीक्षणका लागि असोज १२ गतेसम्म भित्र आवश्यक प्रकृया पूरा गरि आवेदन दिन सकिने छ।

‘एसइई २०८१ को नतिजा उपर चित नबुझी पुनर्योग गरेका र पुनर्योगको नतिजा उपरसमेत चित नबुझी उत्तरपुस्तिका हेरी उक्त उत्तरपुस्तिका पुनःपरीक्षण गराउन चाहने परीक्षार्थीहरूले उत्तरपुस्तिका पुनःपरीक्षण निर्देशिका, २०७५ बमोजिम उत्तरपुस्तिका पुनःपरीक्षणका लागि असोज १२ गतेसम्म भित्र आवश्यक प्रक्रिया पूरा गरी यस कार्यालयमा निवेदन दिनुहुन सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’सूचनामा उल्लेख छ।

बोर्डले उत्तरपुस्तिका हेरेका विषयमध्ये पुनः परीक्षण गराउन चाहेका प्रति विषय दुई हजारका दरले राजस्व खाता नं‍। १४२२३ मा रकम जम्मा गर्नुपर्ने जनाएको छ। बोर्डका अनुसार राजस्व जम्मा गरेको सक्कलै भौचर वा बिलसहित उत्तरपुस्तिका पुनःपरीक्षाण गरी पाँउ भनी परीक्षार्थी स्वयंको निवेदन, सक्कलै ग्रेडसिट, प्रमाण पत्र र प्रवेश पत्र यस कार्यालयको परीक्षा शाखा, कोठा नं। ३८ मा बुझाउनुपर्ने छ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर