Aamsanchar

मोरङमा स्रोत नखुलेको रकमसहित एक जना नियन्त्रणमा

Author Image
मङ्गलवार, असोज ७, २०८२

विराटनगर-  मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नजिक प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

असोज ७ गते दिउँसो प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो।

मोटरसाइकलमा सवार विराटनगर–१८ बस्ने ४१ वर्षीय विरेन्द्र साहलाई शंका लागी चेकजाँच गर्दा १४ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकममध्ये १,००० का २८४ थान र ५०० का २,३३२ थान नोट रहेको छ।

प्रहरीले मोटरसाइकल र साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको जनाएको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर