Aamsanchar

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार कवि प्रा. कँडेललाई

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार २०८२ बाट कवि प्रा.घनश्याम कँडेललाई सम्मान गरिएको छ।​

मर्स्याङदी वाङमय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व।घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा कँडेललाई सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रूपमा कवि कँडेललाई पुरस्कार प्रदान गरेका थिए।

उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशिको रहेको छ। धादिङको रिचोकटार जन्मिएका कवि कँडेलले छन्दोबद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्‍याएका छन्। उनका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाइन्छ।

प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यो वर्षको राष्ट्रकवि घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ। राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजीव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शीतलनिवासमा वितरण गर्ने गरिएको स्मरण गर्दै यो वर्ष विशेष परिस्थितिका कारण घरमै गरिएको जानकारी दिए।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर