Aamsanchar

धरानका सबै प्रहरी चौकीमा प्रहरी पुनः फर्किए

Author Image
बुधवार, असोज ८, २०८२

सुनसरी – जेनजी आन्दोलनका कारण विस्थापित भएका सुनसरीको धरान उपमहानगरपालिकाका सबै प्रहरी चौकीमा प्रहरी पुनः फर्किएका छन्। आन्दोलनको त्रासका कारण भदौ २४ गतेदेखि इलाका प्रहरी कार्यालय धरानमा सीमित भई बसिरहेका प्रहरीहरूलाई चौकीमा फर्काएर नियमित गस्ती र पेट्रोलिङ सुरु गरिएको छ।

 

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खडकाका अनुसार दशैं–तिहार जस्ता चाडपर्वमा हुन सक्ने अपराध नियन्त्रणका लागि प्रहरीको उपस्थिति बढाइएको हो। उनले भने, “प्रहरी चौकी पुनः सञ्चालनमा आएपछि गस्ती, पेट्रोलिङ र नियमित निगरानी सुरु भएको छ, जसले अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।”

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर