Aamsanchar

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Author Image
बुधवार, असोज ८, २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् ।

‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

शीतल निवास स्रोतले  बताए अनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच फागुनका लागि तोकिएको चुनावी तयारबारे कुरा भएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर