

गोरखा – मनास्लु हिमाल रहेको चुमनुब्री- १ सामागाउँकी २२ वर्षीय छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी लामाले मंगलबार बिहान १०:५० बजे मनास्लुको शिखर चुमेकी उनकी दिदी आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् ।

छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत् ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् । उनीसँगै सामागाउँका चारजनाले मनास्लु आरोहण गरेका छन्।

Views: 42


