Aamsanchar

फाइनल पुग्न नेपालले आज भारतसँग भिड्दै

Author Image
बिहिवार, असोज ९, २०८२

काठमाडौं – साफ यू १७ च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ।

 

समूह एको उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालले समूह बीको विजेताको रुपमा रहेको भारतसँग फाइनल पुग्नको लागि प्रतिस्पर्धा गर्नेछ।

 

समूह एमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गर्दै नेपाल समूह एकको उपविजेता बनेको हो। नेपालले समूह चरणको दोस्रो खेलमा भने बंगलादेशसँग ४–० को हार बेहोरेको थियो।

भारत समूह चरणमा अपराजित रहँदै समूह बीको विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले हराएको थियो। दोस्रो खेलमा भुटानलाई १-० र तेस्रो खेलमा पाकिस्तानलाई ३-२ ले पराजित गर्दै समूह विजेता बनेको थियो।

भारत यो फर्म्याटको छ पटकको च्याम्पियन हो। साविक विजेतासमेत रहेको भारतसँग नेपालले साँझ ७स् ४५ मा खेल्नेछ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर