Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, असोज ९, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुन आज १७ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार १३ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको सुन आज १७ सय रुपैयाँले घटेको हो।

नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख २१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

आज चाँदीको भाउ भने घटेको छ। १५ रुपैयाँले घटेर प्रतितोला चाँदी २ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार एक तोला चाँदीको मूल्य २७ सय पुगेको थियो।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर