Aamsanchar

१२ वर्षीय आकाश गोले बेपत्ता

Author Image
शुक्रवार, असोज १०, २०८२

हेटौडा – हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता भएका छन्।

मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन भएका हुन्।

गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। छोरा हराएपछि उनका बाबु विशाल गोलेले प्रहरीमा खोजतलासका लागि पुगेका छन्।

पारिवारिक स्रोतका अनुसार बालक सुस्त मनस्थितिका रहेका थिए। घरबाट आफ्नो बुबासँग कापी च्यातेको विषयमा सामान्य विवाद भई निस्केर हिँडेको, आफ्नो आफन्त नाता गोता कोही कसैकोमा नपुगेको र घरमा फर्की नआएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बालक हराई सम्पर्कविहीन भएपछि खोजतलासका लागि बालकका बाबुले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कन्ट्रोलमा आएर मौखिक जानकारी गराएका थिए।

सम्पर्कविहीन बालकको खोजतलासका लागि अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको नेतृत्वको टोलीले आफन्तसँग समन्वय गरी खोजतलास कार्य गरिरहेको छ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर