Aamsanchar

दाङमा कुलोले बगाएर एक जनाको मृत्यु

Author Image
शुक्रवार, असोज १०, २०८२

दाङ-दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ।

गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।

कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर