Aamsanchar

दशमी मेलामा झुला भाँचिएर फसेको ५६ जनाकाे नेपाली सेनाद्वारा उद्धार

Author Image
शनिवार, असोज ११, २०८२

जनकपुर – जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेको ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो।

नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरूको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो। विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलीले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरूको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर