Aamsanchar

‘एकका लागि एक’ अभियानमार्फत इप्रका सुरुङ्गालाई सामग्री हस्तान्तरण

Author Image
शनिवार, असोज ११, २०८२

कनकाई । ‘एकका लागि एक’ अभियानमार्फत इलाका प्रहरी कार्यालय सुरुङ्गालाई करिब दुई लाख रुपैयाँ बराबरका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

आज शनिबार एक कार्यक्रमका बीच अभियानको तर्फबाट नबीन गट्टानी, लिला चिमरिया, सुवास भट्टराई, शिव कडेल र एकराज गिरी उपस्थित रहेर सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा कम्प्युटर २ सेट, स्टील दराज १, काठको दराज १, वाल र्याक, पलङ्ग २, हाते माइक १, टर्च लाइट ३, ब्ल्याङ्केट १०, जस्तापाता, वालघडी ३, झुल १६ र र्याक १ रहेका छन् ।

उक्त सामग्री इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुवास ढुंगानालाई हस्तान्तरण गरिएको हो ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर