Aamsanchar

२८ वर्षीया एक महिलालाई होटेलमा लगेर बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ

Author Image
शनिवार, असोज ११, २०८२

काठमाडौं – पाल्पामा बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४ का २६ वर्षीय विवेकबहादुर पाण्डे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका अर्घाखाँचीको मालारानी गाउँपालिका–६ का २६ वर्षीय अप्रिल घर्तीमगर छन् ।

२८ वर्षीया एक महिलाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । शुक्रबार (असोज १०) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

ती महिलालाई तानसेन नगरपालिका–४, होलाङ्दिस्थित होटेल मनकामनामा लगेर बलात्कार गरेको उजुरीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर