Aamsanchar

बैतडीमा भ्यान दुर्घटना

Author Image
शनिवार, असोज ११, २०८२

बैतडी – जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान दिउँसो ३ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। दुर्घटनामा परेर घाइते हुनेहरू सबै बैतडीको पुर्चौडी नगरपालिकाभित्रका रहेका छन्।

घाइते हुनेहरूमा पुर्चौडी-५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, ५ वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चौडी-४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, ५ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी,१७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन्।

घाइतेमध्ये भुवन, यशोदा, पवित्रा र कमलाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

१८ यात्रु सवार भ्यानका अन्य आठजनाको अवस्था सामान्य रहेको छ।

भ्यानका चालक पुर्चौडीका महेश बोहरा फरार रहेका छन्। ​दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर