Aamsanchar

कोशी गाउँपालिकामा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा बरामद

Author Image
आइतवार, असोज १२, २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।

गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ । यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका९१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान९ ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

Views: 185

प्रतिक्रिया (०)