Aamsanchar

सुनको भाउले फेरि नयाँ कीर्तिमान बनायो

Author Image
आइतवार, असोज १२, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै उच्च भाउ हो । ८ असोजमा सुनको भाउले २ लाख २३ हजारको आँकडा छोएको थियो । त्यसपछि केही घटेको सुनले आज अर्को कीर्तिमान बनाएको हो ।शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड भाउ हो ।

शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर