Aamsanchar

केन्द्रीय कारागार जगनाथदेवलबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ

Author Image
आइतवार, असोज १२, २०८२

ताप्लेजुङ- जेनजी आन्दोलनका क्रममा गत २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखु बस्ने २७ वर्षीय ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङ नगरपालिका–६ स्थित साथीको घरमा लुकिछिपी बसेको अवस्थामा पालुङ्वालाई शनिबार पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दामा आठ वर्ष छ महिना कैद सजाय तोकिएका पालुङ्वा जेनजी आन्दोलनका क्रममा भागेका थिए ।

यता पक्राउ परेका पालुङ्वामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पालुङ्वाले तोकिएको कैद सजायमध्ये पाँच वर्ष भुक्तान गरिसकेका छन् ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर