Aamsanchar

दशैंका लागि माटाे लिन गएका तीन बालबालिकासहित ४ जनाकाे ढिस्कोमा पुरिएर मृत्यु

Author Image
बुधवार, असोज १५, २०८२

मलंगवा – सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । बुधबार बिहान हरिपूर्वा–१ स्थित हर्दी खोलाको किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।मृत्यु हुनेहरुमा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया छोरी सविवा खातुन रहेको प्रहरी कार्यालय सर्लाहीका सहप्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर