Aamsanchar

झापाको बिर्तामोडमा बस दुर्घटना, दुईजनाको मृत्यु र १३ जना घाइते

Author Image
बिहिवार, असोज १६, २०८२

झापा ।
झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टि-स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा सगरमाथा यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बिराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना.प्र. १-०१-००१ ख ४४५९ नम्बरको बस शुक्रबार बिहान करिब ९:३० बजे अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उद्दार गरी घाइते तथा मृतकलाई बी एण्ड सी अस्पताल बिर्तामोड पठाएको हो। बस चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

मृतकमध्ये सुनसरी इटहरी-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङ रंगेली-२ का ४२ वर्षीय बस कन्टेक्टर राजकुमार चौधरी रहेका छन्।

घाइते हुनेमा इटहरी-११ का गुलशन राज शर्मा, उनकी श्रीमती अंकिता शर्मा, छोरी मनसुई शर्मा र बिनु शर्मा; मोरङ बिराटनगरका सहचालक सोम कुमार भुजेल; पाँचथर कुमायक-६ की गंगा लिम्बु; झापा कमल-७ का ८ वर्षीय लोजिहाङ लावती; सुहाना लिम्बु र उनका भतिजो मेङ्सो लिम्बु; बिराटनगर-१ की अनुषा भट्टराई; मन्जु खतिवडा; दमक-१ की राधिका खतिवडा र ताप्लेजुङ फाक्तालुङ-१ का राकेश ललिम्बु रहेका छन्।

घाइतेहरुमध्ये केहीको अवस्था मध्यम रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर