

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज विजयादशमीको अवसरमा शुभ साइतमा टीका र प्रसाद ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा हनुमानढोका दशैँघरका मूल पुजारी देवराज अर्यालबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेका हुन्।

राष्ट्रपतिलाई पुजारी अर्यालले वैदिक विधिअनुसार रातो टीका, पहेंलो जमरा सहित आशीर्वाद प्रदान गरेका हुन्।
Views: 69

