Aamsanchar

धरानमा आगलागी, २० वर्षीया युवती गम्भीर घाइते

Author Image
बिहिवार, असोज १६, २०८२

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकमा बिहीबार आगलागी हुँदा एक जना गम्भीर घाइते भएकी छन्। आज दिउँसो १२ बजेको समयमा सरिता लिम्बुको पक्की घरको दोस्रो तलामा विद्युत सर्ट भई आगलागी भएको हो।

 

आगलागीमा परी घरधनी सरिता लिम्बुकी बहिनी मोरङ पथरीशनिश्चरे नगरपालिका–५ का २० वर्षीया रेनुका लिम्बु गम्भीर घाइते भएकी छन्। उनको शरीरका विभिन्न भाग जलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।

Views: 81

प्रतिक्रिया (०)