Aamsanchar

नेपाललाई मलेसियाले तीन रनले हरायाे

Author Image
बिहिवार, असोज १६, २०८२

काठमाडौं – द्विदेशीय अन्तर्राष्ट्रीय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभलमा भएको रोमाञ्चक खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाइन् । ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले एक विकेट लिइन् ।

जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि पूजा महतोले ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

अन्तिम ओभरसम्म खेल प्रतिस्पर्धात्मक बने पनि नेपाल लक्ष्य भेटाउन सकेन ।

मलेसियाको जितमा नुर ड्यानिया स्युहादाले ३ तथा विनिफ्रेड दुराइसिंगम र ऐस्या एलिसाले दुई–दुई विकेट लिइन् ।

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर