Aamsanchar

रोमानिया स्थित एक होटलमा आगलागी, दुई नेपाली युवतीको मृत्यु, एक घाइते

Author Image
शुक्रवार, असोज १७, २०८२

रोमानियाको टेटेरानी शहरस्थित एक तीनतले होटलमा आगलागी हुँदा दुई नेपाली युवतीको ज्यान गएको छ। राजधानी बुखारेष्टबाट करिब ६० किलोमिटर टाढा रहेको प्राहोभा होटलमा गत सेप्टेम्बर २९ मा आगलागी भएको हो।

जर्मनीस्थित नेपाली दूतावासका अनुसार इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङको मृत्यु भएको पुष्टि गरिएको छ।

उनीहरूलाई उद्दार गर्ने क्रममा चुलाचुली–३ इलामकी २२ वर्षीया सुमिना मगर घाइते भएकी थिइन्। अस्पतालमा उपचारपछि उनलाई बुधबार डिस्चार्ज गरिएको दूतावासले जनाएको छ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर