Aamsanchar

उच्च सतर्कता अपनाउन कांग्रेसकाे आह्वान

Author Image
शुक्रवार, असोज १७, २०८२

काठमाडौं – असोज १८ गतेदेखि सक्रिय हुने प्रक्षेपित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले सरकार, दल, सम्बन्धित निकाय र नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा गत असोज १२ र भदौ २३–२४ मा भएको विपद्ले देश अझै मर्माहत रहँदा फेरि ठूलो जोखिम देखिएको भन्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।

कांग्रेसले जारी गरेको अपिलमा यात्रुका लागि मौसमसम्बन्धी सूचना प्रभावकारी रुपमा प्रवाह गर्न, सरकारी निर्देशन पालना गर्न, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न, जोखिमयुक्त सडकखण्ड बन्द गर्न, स्थानीय तहमार्फत यात्रु र वासिन्दालाई सहजता पुर्‍याउन, स्रोत र साधन तयारी अवस्थामा राख्न तथा केही दिनका लागि अन्य कार्य स्थगित गरी विपद् सामना गर्न सात बुँदे सतर्कता समावेश गरिएको छ।

सरकारले युद्धस्तरमा तयारी गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले आफ्ना सबै तहका संरचना र कार्यकर्तालाई विपद् व्यवस्थापनमा स्वयंसेवी भावना सहित खटिन आह्वान गरेको छ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर