Aamsanchar

नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

Author Image
शनिवार, असोज १८, २०८२

काठमाण्डौ – महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर ९१ रन बनाएको थियो ।

मलेसियाकी ओपनर आइना हमिज हसिमले ५० रन बनाइन् । ९२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालले शुरूकै दुई बलमा दुई विकेट गुमाए पनि त्यसपछि सम्हालिएर खेल्यो । आज नेपालले जितेसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । मलेसियाले पहिलो खेल जितको थियो । नेपालका लागि पूजा महत्तोले ३९ रन र कप्तान इन्दु बर्माले २७ रन बनाइन् । अब शृङ्खलाको तेस्रो खेल भोली हुनेछ ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर