Aamsanchar

पाँचथरमा बोलेरो गाडी दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या छ पुग्याे

Author Image
शनिवार, असोज १८, २०८२

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ कात्तिके डाँडामा आज भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको पाँचथर प्रहरीका वरिष्ठ सइ तथा सूचना अधिकारी मनोजकुमार यादवले  जानकारी दिए।

उनले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिए।

अरु ६ जना घाइते छन्। उनीहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूको परिचय खुलेको छैन।

सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर