Aamsanchar

झापामा भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Author Image
आइतवार, असोज १९, २०८२

झापा – झापामा भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पानीको बहाव बढेपछि निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

 

काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए । त्यस्तै माइधार र दुधेबिच भोला खोलाको डाइभर्सन बगाउँदा यात्रुहरू अलपत्र परेको उनले बताए । डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन नचलेको उनको भनाई छ । लामो दूरीका सवारी साधनहरूलाई हिजैबाट चल्न सरकारले रोक लगाएको छ ।

Views: 328

प्रतिक्रिया (०)