Aamsanchar

काेसी ब्यारेज क्षेत्रमा सवारीसाधन र सर्वसाधारणको आवतजावतमा पूर्ण रोक

Author Image
आइतवार, असोज १९, २०८२

सुनसरी – लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव असामान्य स्तरमा पुगेको छ। आइतबार बिहानसम्म कोशी ब्यारेजमा पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक पुगेको छ । यो हाल सम्मको उच्च हो।

 

बढ्दो जलसतहका कारण कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। सुरक्षाका कारण ब्यारेज क्षेत्रमा सवारीसाधन र सर्वसाधारणको आवतजावतमा पूर्ण रोक लगाइएको छ।

 

सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेका अनुसार नदीको बहाव अत्यधिक भएको र कुनै पनि आकस्मिक घटनाको जोखिम कायमै रहेकाले ब्यारेज नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

कोशी ब्यारेज कार्यालयका अनुसार यसअघि सन् १९८९ मा अधिकतम ४ लाख ७२ हजार क्युसेक पानी बगेको रेकर्ड थियो। यसपटक त्योभन्दा बढी पानी बगेको देखिएको छ।

अहिले ब्यारेज र आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम कायम रहेको छ। सुरक्षा निकायहरू उच्च सतर्कतामा छन् भने स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर